images
images
  • रास्वपा ५६ जिल्लामा नयाँ नेतृत्व चयन (सूचीसहित)

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हालसम्म ५६ जिल्लामा अधिवेशन सम्पन्न गरेको छ ।

    केन्द्रीय संगठन विभागका अनुसार अधिवेशन भएका झण्डै ९० प्रतिशत जिल्लामा निर्वाचनमार्फत नेतृत्व चयन गरिएको छ ।

    हाल १२ जिल्लामा अधिवेशन प्रक्रिया जारी छ ।

    मधेस प्रदेशका अधिकांश जिल्लामा अधिवेशन हुन बाँकी रहेकामा महोत्तरी, रौतहट, सिराहा, पर्सा र सर्लाहीमा निर्वाचन प्रक्रिया चलिरहेको छ ।

    सप्तरी र बाराको अधिवेशन मंगलबार तथा धनुषाको बुधबार हुने तय भएको छ ।

    सिन्धुपाल्चोकमा नेतृत्व चयनको क्रममा अधिवेशन अवरुद्ध बनेको छ ।

    यता, अधिवेशन सम्पन्न भएका जिल्लामध्ये अर्घाखाँचीमा सीता पराजुली र बर्दियामा शान्ता बुढा क्षेत्री जिल्ला सभापतिमा निर्वाचित भएका छन् ।

    1 2 3

    प्रतिक्रिया दिनुहोस्
    images
    images