काठमाडौं– युद्धविरामपछि पहिलो पटक इरानले इजरायलमाथि मिसाइल प्रहार गरेपछि मध्यपूर्वमा तनाव फेरि चर्किएको छ ।
इरानको आक्रमणपछि इजरायलले पनि इरानका सैन्य अखडामाथि जवाफी हमला गरेको छ ।
इरानी सञ्चारमाध्यमका अनुसार आइतबार राति इजरायलतर्फ मिसाइल प्रहार गरिएको थियो ।
त्यसपछि इजरायलका विभिन्न क्षेत्रमा साइरन बजाइएको थियो ।
इजरायली सेनाले अधिकांश मिसाइलहरू आकाशमै निष्क्रिय पारिएको दाबी गरेको छ ।
जवाफमा इजरायलले पश्चिमी र मध्य इरानका सैन्य लक्ष्यहरूमा हमला गरेको जनाएको छ ।
तेहरान, तब्रिज र इस्फहानलगायत क्षेत्रमा विष्फोटका आवाज सुनिएको इरानी सञ्चारमाध्यमहरूले बताएका छन् ।
सुरक्षा जोखिम बढेपछि इरानले तेहरानस्थित इमाम खोमेनी अन्तर्राष्ट्रिय विमानस्थल आसपासको हवाई क्षेत्र बन्द गरेको छ ।
इराकले ७२ घण्टा र सिरियाले १२ घण्टाका लागि आफ्नो हवाई क्षेत्र बन्द गर्ने निर्णय गरेका छन् ।
यसबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायललाई संयम अपनाउन आग्रह गर्दै इरानसँग हुने कुनै पनि सम्झौता स्वीकार गर्नुको विकल्प नरहेको बताएका छन् ।
उनले फाइनान्सियल टाइम्ससँगको अन्तर्वार्तामा भनेका छन्, ‘निर्णय म गर्छु, नेतन्याहु होइन ।’
ट्रम्पले इरानको पछिल्लो मिसाइल आक्रमणले वार्ता प्रक्रियामा असर नपर्ने दाबी गर्दै आवश्यक परे इरानविरुद्ध कडा कदम चाल्न सकिने चेतावनीसमेत दिएका छन् ।


विश्व खबर 




















