काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को देशभर सम्पन्न जिल्ला अधिवेशनमा सभापति रवि लामिछाने निकट नेताहरूको वर्चस्व देखिएको छ ।
५० भन्दा बढी जिल्लामा नयाँ नेतृत्व चयन हुँदा अधिकांश स्थानमा संस्थापन पक्षका उम्मेदवार विजयी भएका छन् ।
पार्टीभित्रको बालेन्द्र शाह र विवेकशील–साझा समूहको प्रभाव जिल्ला तहमा अपेक्षाकृत कमजोर देखिएको नेताहरूको भनाइ छ ।
केही जिल्लामा ‘रवि समूह’ र ‘बालेन समूह’बीच प्रतिस्पर्धा भए पनि चुनावी परिणाम संस्थापन पक्षको पक्षमा गएको छ ।
रास्वपाले गुटगत प्यानल बनाएर चुनाव लड्न रोक लगाए पनि केही स्थानमा नयाँ–पुराना समूहबीच प्रतिस्पर्धा भएको थियो ।
पार्टी नेतृत्वले भने परिणामलाई कार्यकर्ताको स्वतन्त्र रोजाइको रूपमा व्याख्या गरेको छ ।
जिल्ला अधिवेशनबाट देखिएको प्रवृत्तिले आगामी असार ७–९ गते हुने महाधिवेशनमा पनि रवि पक्षको प्रभाव बलियो रहने संकेत गरेको नेताहरूको भनाइ छ ।
महाधिवेशनमा करिब ३ हजार प्रतिनिधि सहभागी हुनेछन् ।






















