काठमाडौं– रास्वपा सभापति रवि लामिछानेले सिंहदरबारमा बोलाएको सर्वदलीय बैठक सुरु भएको छ ।
समसामयिक राजनीतिक विषयमा छलफल गर्न बोलाइएको बैठकमा सबै शीर्ष नेताहरू भने सहभागी भएका छैनन् ।
बैठकमा नेकपाका सहसंयोजक माधवकुमार नेपाल, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, नेकपाका नेता वर्षमान पुन, कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बे तथा एमाले प्रमुख सचेतक ऐनबहादुर महर सहभागी छन् ।
यद्यपि, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस नेता गगन थापा बैठकमा उपस्थित भएनन् ।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले भने बैठक बहिष्कार गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्






















