काठमाडौं– पूर्व गृहमन्त्री तथा रास्वपा सांसद सुधन गुरूङले आफू पुनः गृहमन्त्री बनेको खण्डमा सुरुका दुई महिना मन्त्रालयमा बधाई दिन वा फोटो खिच्न नआउन आग्रह गरेका छन् ।
गोरखामा आयोजित रास्वपाको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले छानबिनपछि आफू निर्दोष ठहरिनेमा विश्वस्त रहेको बताए ।
उनका अनुसार सार्वजनिक पदमा रहँदा उठेका प्रश्नहरूको सामना गर्न आफू पूर्ण रूपमा तयार रहेको छ ।
छानबिन समितिमा दिएका कडा प्रश्नहरूको पनि आफूले स्पष्ट जवाफ दिएको उनले उल्लेख गरे ।
सम्पत्ति सम्बन्धी प्रश्नमा उनले दिएको प्रतिप्रश्नको प्रसंग पनि स्मरण गर्दै भने, ‘तपाईंहरूको पनि सम्पत्ति छानबिन गरौं न त ।’
त्यस्तै, उनले पार्टी संगठनबारे बोल्दै जिल्ला सभापति राजधानीमा बसेर होइन, जिल्लामै सक्रिय भएर काम गर्नुपर्नेमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस्






















