images
images
  • इरानी रोक्का सम्पत्तिद्वारा खाडी मुलुकको युद्ध क्षति परिपूर्ति

    काठमाडौं– अमेरिकाले इरानका रोक्का सम्पत्तिहरू खाडी मुलुकहरूको युद्ध क्षति र पूर्वाधार पुनर्निर्माणमा प्रयोग गर्ने सम्भावना अध्ययन गरिरहेको छ ।

    इरान–खाडी तनाव बढिरहेका बेला आएको यो कदमले जारी युद्धविराम थप जटिल बन्न सक्ने संकेत देखिएको छ ।

    सूत्रहरूका अनुसार अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले खाडी क्षेत्रमा भएको क्षतिको मूल्यांकनका लागि विशेष टोली परिचालन गरेका छन् ।

    इरानले भने आफ्ना २४ अर्ब डलर बराबरका सम्पत्ति फुकुवा नभएसम्म शान्ति सम्झौता सम्भव नहुने अडान दोहोर्याएको छ ।

    यसैबीच अमेरिका–इरानबीचको अप्रत्यक्ष वार्ता अन्योलमा परेको छ ।

    होर्मुज जलडमरूमध्य र खाडी क्षेत्रमा दुवै पक्षबीच ड्रोन र मिसाइल आक्रमण भएका दाबीहरू आएका छन् ।

    युद्धको प्रभाव लेबनानसम्म फैलिँदा इजरायल–हिजबुल्लाह तनाव पनि बढेको छ ।

    ऊर्जा आपूर्ति प्रभावित भई विश्व बजारमा तेलको मूल्यसमेत उकालो लागेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images