नुवाकोट– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नुवाकोटको जिल्ला सभापतिमा २५ वर्षीय रामेश्वर गजुरेल निर्वाचित भएका छन् ।
शनिबार सम्पन्न जिल्ला अधिवेशनमा ३२५ मतमध्ये २५७ मत प्राप्त गर्दै उनले प्रतिस्पर्धी शरण महत (३७) र राजु लामिछाने (२८) लाई फराकिलो मतान्तरले पराजित गरेका हुन्।
२०५७ सालमा जन्मिएका गजुरेलले २१ वर्षको उमेरमै जिल्ला कमिटीको तदर्थ नेतृत्व सम्हालेका थिए ।
उनले रास्वपाको संगठन नुवाकोटका सबै १२ पालिका र ८८ वडासम्म विस्तार भएको दाबी गर्दै आगामी स्थानीय तह निर्वाचनमा पार्टीलाई थप बलियो बनाउने बताए ।
अधिवेशनबाट कृष्णलाल श्रेष्ठ उपसभापति, वसन्त धिताल सचिव तथा विभिन्न सदस्य पदमा छोपेन तामाङ, लक्ष्मी पाण्डे, जानुका सापकोटा, राधिका रिमाल, विपना पाण्डे र सुवास भण्डारी निर्वाचित भएका छन् ।
प्रतिक्रिया दिनुहोस्






















