images
images
  • २८ जिल्लामा रास्वपा नयाँ नेतृत्वका लागि आज अधिवेशन

    काठमाडौं– सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज देशका २८ जिल्लामा पहिलो जिल्ला अधिवेशन गर्दैछ ।

    केन्द्रीय निर्वाचन आयोगका अनुसार कोशीका ४, मधेसका ४, बागमतीका २, गण्डकीका ४, लुम्बिनीका ३, कर्णालीका ६ र सुदूरपश्चिमका ५ जिल्लामा अधिवेशन आयोजना गरिएको हो ।

    आयोगले प्रत्येक जिल्लामा निष्पक्ष निर्वाचनका लागि तीन सदस्यीय निर्वाचन समिति परिचालन गरेको जनाएको छ ।

    यसअघि शनिबार ३८ जिल्लामा अधिवेशन सम्पन्न भई नयाँ नेतृत्व चयन भइसकेको छ ।

    रास्वपाले प्रथम राष्ट्रिय महाधिवेशनअघि ७७ मध्ये ६७ जिल्लामा अधिवेशन सम्पन्न गर्ने लक्ष्य राखेको छ ।

    बाँकी १० जिल्लाको अधिवेशन महाधिवेशनपछि हुनेछ ।

    बारा जिल्लाको अधिवेशन भने जेठ २६ गते तय गरिएको छ ।

    पार्टीको प्रदेश अधिवेशन जेठ २६ गतेदेखि सुरु हुने र प्रथम राष्ट्रिय महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा आयोजना हुने कार्यक्रम छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images