images
images
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रमुख अध्यागमन अधिकृतमा सहसचिव सिर्जना थपलिया नियुक्त

    काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रमुख अध्यागमन अधिकृतमा सहसचिव सिर्जना थपलिया नियुक्त भएकी छन् ।

    गृह मन्त्रालयले शुक्रबार १६ जना सहसचिवको सरुवा गर्दै हाल संखुवासभाकी प्रमुख जिल्ला अधिकारी रहेकी थपलियालाई विमानस्थल अध्यागमन प्रमुखको जिम्मेवारी दिएको हो ।

    यसअघि उक्त पदमा रहेका नरहरि घिमिरे ललितपुरका प्रमुख जिल्ला अधिकारीमा सरुवा भएपछि पद रिक्त भएको थियो ।

    यस्तै, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको प्रमुखमा बलराम निरौला खटाइएका छन् ।

    सरुवासँगै १३ जिल्लाका प्रमुख जिल्ला अधिकारीसमेत हेरफेर गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images