images
images
  • रास्वपाले ७७ वटै जिल्लामा गठन गर्‍यो निर्वाचन समिति

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जिल्ला अधिवेशनका लागि देशभरका ७७ वटै जिल्लामा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ ।

    केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार शनिबार र आइतबार हुने जिल्ला अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ ।

    केही पालिकामा उजुरी परेपछि बागमती र मधेस प्रदेशका केही स्थानमा अधिवेशन स्थगित गरिएको तथा कतिपय ठाउँमा पुनः निर्वाचन गर्न निर्देशन दिइएको उनले बताए ।

    रास्वपाको विधानअनुसार जिल्ला समितिमा सभापति, उपसभापति, सचिव, सहसचिव, पाँच समावेशी सदस्य तथा प्रत्येक निर्वाचन क्षेत्रबाट एक–एक जना प्रतिनिधि निर्वाचित हुने व्यवस्था छ ।

    सभापतिले निर्वाचित समितिबाट एक जना कोषाध्यक्ष मनोनीत गर्न सक्नेछन् ।

    रास्वपाको प्रथम महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा हुने तय भएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images