काठमाडौं– पूर्वगृहमन्त्री सुधन गुरुङमाथि उठेका विवादित विषयहरूको अध्ययन तथा छानबिन गर्न गठित समितिले सरकारलाई प्रतिवेदन बुझाएको छ ।
पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको संयोजकत्वमा गठित समितिले गुरुङको सम्पत्ति विवरणसमेत केलाउँदै ४५ पृष्ठको प्रतिवेदन तयार गरेको हो ।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार प्रतिवेदनको निष्कर्ष गुरुङका पक्षमा रहेको छ, जसले उनलाई पुनः गृहमन्त्री बन्ने बाटो खुलाएको दाबी गरिएको छ ।
विवादपछि राजीनामा दिएका गुरुङको स्थानमा प्रधानमन्त्री बालेन्द्र शाहले गृह मन्त्रालय आफैंसँग राख्दै आएका छन् ।
यसबीच गुरुङ पुनः गृह मन्त्रालयको नेतृत्वमा फर्किने चर्चा चुलिएको छ ।
निकटस्थहरूसँग उनले अब पाँच वर्षसम्म आफूलाई कसैले हल्लाउन नसक्ने दाबी गरिरहेको स्रोतको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्






















