images
images
  • पूर्वगृहमन्त्री सुधनको छानबिन प्रतिवेदन प्रधानमन्त्रीसमक्ष पुग्यो

    काठमाडौं– पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुधन गुरुङमाथि छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन प्रधानमन्त्री बालेन शाहसमक्ष बुझाएको छ ।

    ४५ पृष्ठ लामो उक्त प्रतिवेदन पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको नेतृत्वमा बनेको समितिले तयार पारेको हो ।

    समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि न्यौपाने सदस्य रहेका थिए ।

    समितिले गुरुङसँग बयान लिनुका साथै सम्पत्ति विवरण, लगानी र उनीमाथि उठेका आरोपहरूबारे अध्ययन गरेको बताइएको छ ।

    व्यवसायी दीपक भट्टसँगको साझेदारी र सम्पत्ति विवरणमा सेयर लुकाएको आरोपपछि गुरुङ विवादमा परेका थिए ।

    सोही विवादपछि ९ वैशाखमा उनले पदबाट राजीनामा दिएका थिए ।

    पछि मन्त्रिपरिषद्को निर्णयअनुसार छानबिन समिति गठन गरिएको थियो ।

    समितिको निष्कर्षपछि अब आवश्यक प्रक्रिया सरकारको तर्फबाट अघि बढ्ने बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images