काठमाडौं– रेसिलर इफिक्स नेपाल र एनआईसी एशिया बैंकबीच ग्राहक महानुभावहरूलाई डिजिटल बैंकिङसम्बन्धी विशेष सुविधा उपलब्ध गराउने उद्देश्यले द्विपक्षीय सम्झौता सम्पन्न भएको छ ।
यस सहकार्यको मुख्य लक्ष्य ग्राहक अनुभवलाई अझ सहज, सुरक्षित र आधुनिक बनाउँदै डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्नुरहेको छ ।
सम्झौता अनुसार बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोश कुमार न्यौपाने र इफिक्स नेपालको तर्फबाट सूचना प्रविधि प्रबन्धक अश्विन गोपाल शर्माले हस्ताक्षर गरेका छन् ।
यस सम्झौताअनुसार एनआईसी एशिया बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताहरूले इफिक्स नेपालको आधिकारिक वेबसाइटमार्फत क्रेडिट कार्ड प्रयोग गरी शून्य प्रतिशत ब्याजदरमा १२ महिनासम्मको किस्ताबन्दी सुविधा मार्फत होनर ब्रान्डका स्मार्टफोनहरू खरिद गर्न सक्नेछन् ।
ग्राहक महानुभावहरूले कुनै अतिरिक्त ब्याज नलाग्ने गरी १२ महिनासम्मको अवधिमा आकर्षक मासिक किस्तामा स्मार्टफोन खरिद गर्न सक्ने व्यवस्था गरिएको छ ।
साथै, मासिक किस्ता भुक्तानीका लागि बैंकको पोर्टल मार्फत अनलाइन आवेदन दिई सहज रूपमा भुक्तानीलाई किस्ताबन्दीमा रूपान्तरण गर्न सकिनेछ ।
त्यसैगरी, विदेशमा रहेका नेपालीहरूले समेत इफिक्स नेपालको वेबसाइटमार्फत बैंकको अन्तर्राष्ट्रिय कार्ड प्रणाली प्रयोग गरी सुरक्षित अनलाइन भुक्तानी गर्न सक्ने व्यवस्था मिलाइएको छ ।
यसका लागि साइबरस्रोस प्रणाली प्रयोग गरिनेछ, जसले अन्तर्राष्ट्रिय तथा राष्ट्रिय दुवै प्रकारका कार्ड भुक्तानीलाई सुरक्षित र भरपर्दो बनाउनेछ ।
यस सहकार्यले ग्राहक महानुभावहरूलाई डिजिटल बैंकिङको उच्चतम प्रयोगमार्फत सहज, सुरक्षित र आधुनिक सेवा प्रदान गर्ने विश्वास लिइएको छ ।
साथै, यसले बैंकका ग्राहकहरूको आर्थिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।






















