images
images
  • रोल्पामा पिकअप दुर्घटना, ३ जनाको मृत्यु

    रोल्पा– रोल्पाको माडी गाउँपालिका–२ व्याङखोलामा बुधबार बिहान पिकअप गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

    जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार दुर्घटनामा एक महिला र दुई पुरुषको घटनास्थलमै मृत्यु भएको हो ।

    मृतकहरूको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार पिकअप गाडी सडकबाट करिब ४००–५०० मिटर तल खसेको थियो ।

    दुर्घटनाको जानकारी बिहान करिब ९ बजे प्राप्त भएपछि इलाका प्रहरी कार्यालय घर्तीगाउँबाट प्रहरी टोली घटनास्थलमा खटिएको छ ।

    दुर्घटनाग्रस्त गाडीको नम्बर तथा दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images