images
images
  • राष्ट्रपति कार्यालयबाट चोरी भएका हात्तीका दाह्रासहित ५ पक्राउ, ट्रामाडोल पनि बरामद

    काठमाडौं– राष्ट्रपति कार्यालय शीतल निवासबाट चोरी भएका हात्तीका दाह्रासहित पाँच जना पक्राउ परेका छन् ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मनमैजु क्षेत्रबाट उनीहरूलाई पक्राउ गरेको हो ।

    प्रहरीका अनुसार पक्राउ परेकामध्ये एक जनाको घरबाट हात्तीका दाह्राका टुक्रासँगै ट्रामाडोल १५० ट्याब्लेट पनि बरामद भएको छ ।

    अनुसन्धानका क्रममा अन्य आरोपीहरूको संलग्नता खुलेपछि थप चार जनालाई पक्राउ गरी दाह्राका थप टुक्रा बरामद गरिएको प्रहरीले जनाएको छ ।

    बरामद दाह्रा गत भदौमा भएको आन्दोलनका क्रममा राष्ट्रपति कार्यालय शीतल निवासबाट चोरी भएको पुष्टि भएको प्रहरीले जनाएको छ ।

    सो आन्दोलनमा शीतल निवासमा तोडफोड र आगजनीसमेत भएको थियो ।

    प्रहरीले पक्राउ परेकामाथि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन तथा लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images