काठमाडौं– पाँचदिने भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको भेटवार्ता फलदायी रहेको बताएका छन् ।
मोदीसँग करिब एक घण्टा भएको भेटमा नेपाल–भारत सम्बन्धलाई विकास–कूटनीतिको नयाँ चरणमा अघि बढाउने विषयमा सकारात्मक छलफल भएको उनले बताएका हुन् ।
मोदीको एक्स पोस्ट सेयर गर्दै लामिछानेले साझा सभ्यतागत सम्बन्ध, डिजिटल करिडोर र सहज कनेक्टिभिटीमार्फत आपसी विश्वास र प्रगतिमा आधारित साझेदारी निर्माण गर्न सकिने उल्लेख गरेका छन् ।
उनले रास्वपा नेपाल र भारतका जनताको साझा समृद्धिका लागि यी सम्भावनाहरूलाई व्यवहारमा उतार्न उत्सुक रहेको पनि बताएका छन् ।
यद्यपि स्रोतका अनुसार रविले अतिक्रमित नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पीयाधराबारे चुँइक्क बोल्न सकेनन् ।
प्रतिक्रिया दिनुहोस्























