काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् ।
भेटमा नेपाल–भारतबीचको आपसी हित र सहकार्यका विषयमा छलफल भएको बताइएको छ ।
मोदीले साझा समृद्धि र उज्ज्वल भविष्यका लागि भारत नजिकबाट सहकार्य गर्न तयार रहेको बताएका थिए ।
भ्रमणका क्रममा सोमबार भारत पुगेका लामिछानेलाई भाजपा कार्यालयमा स्वागत गरिएको थियो ।
त्यसपछि उनले भारतीय विदेशमन्त्री एस जयशंकर र गृहमन्त्री अमित शाहसँग पनि भेट गरेका थिए ।
भाजपाको निमन्त्रणामा पाँच दिने भारत भ्रमणमा गएका लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी पत्नी निकिता पौडेलसहित रास्वपाका नेताहरू सहभागी छन् ।
प्रतिक्रिया दिनुहोस्























