काठमाडौं– एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बालेन शाहले संसद्को रोष्ट्रमबाट देशविरोधी कुरा गरेको आरोप लगाएका छन् ।
काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले नेपालले भारतको कुनै पनि भू–भाग नलिएको दाबी गर्दै प्रधानमन्त्रीले संसद्मा गलत, झूट र राष्ट्रहितविपरीत अभिव्यक्ति दिएको बताए ।
ओलीले त्यस्ता अभिव्यक्तिलाई देशविरोधी भन्दै केहीले समर्थन गरेकोमा आश्चर्य व्यक्त गरे ।
उनले सीमा विवाद दुई देशबीचकै विषय भएकाले तेस्रो पक्षलाई तान्नु कूटनीतिक रूपमा गलत हुने टिप्पणी पनि गरे ।
उनले नेपाल र छिमेकी मुलुकबीचका विषयहरू आपसी संवादबाटै समाधान गर्नुपर्ने भन्दै नेपाल कुनै व्यक्तिको निजी सम्पत्ति नभएको पनि उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस्























