images
images
  • नेपालले पनि भारतीय सीमा मिचेको प्रधानमन्त्रीकाे भनाइप्रति कांग्रेसको आपत्ति

    काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले नेपालले पनि भारतको सीमा अतिक्रमण गरेको बताएको अभिव्यक्तिप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ।

    आइतबार संसदमा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा शाहले लिपुलेक–लिम्पियाधुरासहितको सीमा विवाद समाधानका लागि प्रयास भइरहेको बताउँदै आफू प्रधानमन्त्री भएपछि नेपालले पनि भारतीय सीमा मिचेको जानकारी पाएको बताएका थिए।

    उनको उक्त भनाइपछि कांग्रेसकी प्रमुख सचेतक वासना थापा ले नेपालले कहाँ–कहाँ भारतीय सीमा मिचेको हो भन्नेबारे स्पष्ट जानकारी दिन माग गरिन्। थापाले पर्याप्त आधार प्रस्तुत गर्न नसके उक्त अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउन सभामुखको ध्यानाकर्षणसमेत गराएकी छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images