काठमाडौं– कांग्रेसले प्रधानमन्त्री बालेन शाहको भनाइप्रति आपत्ति जनाउँदै नेपालले भारततर्फको सीमा कहाँ मिचेको हो भन्ने स्पष्ट विवरण माग गरेको छ।
प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीले भारतले मात्रै होइन, नेपालले पनि भारतको सीमा मिचेको बताएका थिए ।
त्यसपछि कांग्रेस प्रमुख सचेतक वासना थापाले उक्त दाबीको प्रमाण र स्थान सार्वजनिक गर्न माग गर्दै यदि यस्तो कुनै घटना छैन भने अभिव्यक्ति संसद् रेकर्डबाट हटाउनुपर्ने बताइन् ।
प्रतिक्रिया दिनुहोस्






















