काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभा बैठकमा केही सांसदका प्रश्नको जवाफ दिएपछि बैठकबाट बाहिरिएका छन् ।
उनले प्रत्येक दलका एक–एक सांसदको जिज्ञासा सम्बोधन गरेका थिए ।
प्रधानमन्त्री बाहिरिएपछि बैठकमा पुनः वादविवाद सुरु भएको छ ।
एमाले र श्रम संस्कृति पार्टीका सांसदहरूले उठेर बोल्न समय मागेपछि सभामुख असन्तुष्ट भएका छन् ।
सभामुखले एमालेका ऐन महर र श्रम संस्कृतिका ध्रुव राईले संसदीय मर्यादाविपरीत गतिविधि गरेको आरोप लगाउँदै आपत्ति जनाएका छन् ।
साथै श्रम संस्कृतिका सांसद आरेन राईलाई भाषा सुधारेर मर्यादित रूपमा प्रस्तुत हुन सचेत गराइएको छ ।
प्रतिक्रिया दिनुहोस्






















