images
images
  • प्रधानमन्त्रीको प्रश्नोत्तर नियमविपरीत भएको नेकपाको आरोप

    काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का प्रमुख सचेतक युवराज दुलालले संविधान र प्रतिनिधिसभा नियमावली मिचिएको आरोप लगाएका छन्।

    आइतबार (जेठ १७) प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह एक्कासि उपस्थित भएर जवाफ दिन खोजेपछि दुलालले आपत्ति जनाएका हुन्।

    उनले प्रतिनिधिसभा नियमावली, २०७९ को दफा ५६(१) अनुसार सांसदहरूले प्रधानमन्त्रीलाई प्रश्न सोध्ने व्यवस्था रहेको र त्यसका लागि समूह विभाजन गरी कम्तीमा तीन दिनअघि लिखित रूपमा प्रश्न बुझाउनुपर्ने प्रावधान रहेको बताए।

    दुलालले उक्त प्रक्रिया पालना नगरी प्रधानमन्त्रीलाई जवाफ दिने अवसर दिइनु नियमविपरीत भएको दाबी गरे।

    प्रतिक्रिया दिनुहोस्
    images
    images