काठमाडौं – संसद् बैठकमा सत्ता र विपक्षी सांसदहरूबीच धकेलाधकेल भएको छ ।
जारी बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले सांसदहरूसँग प्रश्नोत्तर गरिरहेका बेला विवाद उत्पन्न भएको हो ।
सोही क्रममा सांसदहरूबीच भनाभन चर्किँदै गएपछि स्थिति धकेलाधकेलसम्म पुगेको थियो ।
सत्ता पक्षकी सांसद आशिका तामाङ, रञ्जु दर्शना लगायत र विपक्षी सांसदहरूबीच सवाल–जवाफ हुँदा विवाद बढेको छ ।
प्रतिक्रिया दिनुहोस्






















