images
images
  • सुकुमवासीबारे प्रधानमन्त्रीको स्पष्टीकरण : ३५ वर्षमा नभएको काम ३५ मिनेटमा हुँदैन

    काठमाडौं– प्रधानमन्त्री बालेन शाहले काठमाडौं उपत्यकाका सुकुमवासी समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको स्पष्ट पारेका छन् ।

    प्रतिनिधिसभामा सांसदहरूको प्रश्नको जवाफ दिँदै उनले वास्तविक सुकुमवासीको पहिचान गरी आवश्यक जग्गा व्यवस्थापन गर्ने प्रक्रिया अघि बढाइने बताए ।

    तर यसका लागि समय लाग्ने भन्दै उनले ३५ वर्षमा नभएको काम ३५ मिनेटमै नखोजौं भन्ने टिप्पणी गरे ।

    प्रधानमन्त्री शाहले आफू स्थानीय सरकारमा रहँदा पनि संघीय सरकारलाई सुकुमवासीलाई होल्डिङ सेन्टरमा राखेर व्यवस्थित पुनर्स्थापनाको सुझाव दिएको स्मरण गरे ।

    अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले चालू आर्थिक वर्षभित्रै सुकुमवासी व्यवस्थापन गर्नेगरी काम भइरहेको जानकारी दिए ।

    भूमिसम्बन्धी समिति गठन भइसकेको र मन्त्रालयले प्रक्रिया अघि बढाइरहेको उनले बताए ।

    सरकारले विगतका बाढी, डुबान र स्वास्थ्य जोखिमका कारण सुकुमवासी बस्ती हटाइएको पनि स्पष्ट पारेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images