काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले लिपुलेक–लिम्पियाधुरा विवादबारे भारत र चीनसँग कूटनीतिक नोट आदान–प्रदान गरिएको जानकारी दिएका छन् ।
एमाले सांसद पद्मा अर्यालको प्रश्नको जवाफ दिँदै उनले भारतले विज्ञसहित टेबल टकमार्फत समाधान खोज्ने प्रस्ताव गरेको पनि बताए ।
प्रधानमन्त्री शाहका अनुसार यो विवाद ब्रिटिस इन्डियाको समयदेखि जोडिएको भएकाले ईंग्ल्यान्ड सरकारसँग पनि छलफल गरिएको छ र समाधानका लागि थप कूटनीतिक संवाद अघि बढाइनेछ ।
प्रतिक्रिया दिनुहोस्






















