images
images
  • प्रधानमन्त्री बालेनको ‘सरप्राइज प्रश्नोत्तर’ : विपक्षीको घोर नियमापत्ति

    काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ विपक्षी दलहरूको निरन्तर मागपछि आइतबार प्रतिनिधिसभा बैठकमा रोष्ट्रममा उभिएर जवाफ दिएका छन् ।

    सभामुख डोलप्रसाद अर्यालले संसद् सचिवालयसँग परामर्श गरेपछि प्रधानमन्त्रीलाई बोल्न समय दिइएको हो ।

    त्यसअघि प्रधानमन्त्री स्वयंले बैठकमा बोल्ने इच्छा देखाउँदै हात उठाएका थिए ।

    रोष्ट्रममा पुगेपछि प्रधानमन्त्री शाहले सांसदहरूले प्रश्न उठाउन पाउनुपर्ने मागका कारण आफू उपस्थित भएको बताए ।

    सभामुखले भने प्रत्येक दलबाट एक–एक जना सांसदलाई प्रश्न सोध्न दिने घोषणा गरे ।

    तर विपक्षी दलहरूले यसको विरोध गर्दै नियमावलीको नियम ५६ अनुसार प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य रूपमा हुनुपर्ने भन्दै नियमापत्ति जनाएका छन् ।

    यद्यपि आज प्रधानमन्त्री एक्कासी बैठकमा उपस्थित भएर जवाफ दिइरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images