images
images
  • प्रधानमन्त्रीलाई प्रश्न राख्न दलहरूलाई दुई मिनेटको समय

    काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले प्रतिनिधिसभा बैठकमा उठेका प्रश्नहरूको जवाफ दिन इच्छा व्यक्त गरेपछि सभामुखले दलहरूलाई प्रश्न सोध्न दुई मिनेटको समय दिएका छन्।

    आइतबार बसेको बैठकमा प्रधानमन्त्रीले हात उठाएर जवाफ दिन चाहेको बताएपछि सभामुखले दलहरूको तर्फबाट एक/एक जनालाई दुई मिनेटभित्र प्रश्न राख्न समय निर्धारण गरेका हुन्।

    तर उक्त व्यवस्थाप्रति दलहरूले आपत्ति जनाएका छन्। उनीहरूले प्रश्न सोध्ने प्रक्रिया नियमावलीअनुसार नभएको भन्दै सभामुखको निर्णयले नियम उल्लंघन गरेको बताएका छन्। यस विषयमा सदनमा केही समय विवादसमेत भएको थियो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images