images
images
  • गणतन्त्र दिवस समारोहको परेडमै ढले सैनिक जवान

    काठमाडौं– गणतन्त्र दिवस–२०८३ को मूल समारोहमा ड्युटीमा खटिएका एक सैनिक जवान अचानक बेहोस भएका छन् ।

    समारोह चलिरहेका बेला ती जवान अचेत भएपछि सुरक्षाकर्मीले तत्काल उद्धार गरी उपचारका लागि बाहिर लगेका थिए ।

    बेहोस भएका सैनिक जवानको परिचय भने खुल्न सकेको छैन ।

    समारोहमा उच्च पदस्थ अधिकारी, सुरक्षाकर्मी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images