images
images
  • जेनजी आन्दोलन भड्काउने प्रम बालेनलाई उन्मुक्ति

    काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले ‘जेनजी’ आन्दोलनबारे सार्वजनिक गरेको छानबिन प्रतिवेदनमा केही चर्चित र गम्भीर घटनाबारे उल्लेख नगरिएको भन्दै प्रश्न उठेको छ ।

    विशेषगरी तत्कालीन कांग्रेस सभापति शेरबहादुर देउवा र डा.आरजु राणा देउवामाथि भएको कुटपिट, तत्कालीन काठमाडौं महानगर प्रमुख एवं वर्तमान प्रधानमन्त्री बालेन्द्र ‘बालेन’ शाहको भूमिका तथा हिंसात्मक घटनाका बेला नेपाली सेनाको निष्क्रियताबारे प्रतिवेदन मौन देखिएको भन्दै आलोचना भएको हो ।

    २९ पृष्ठ लामो प्रतिवेदनले तत्कालीन राजनीतिक नेतृत्वलाई जिम्मेवार ठहर गरे पनि चर्चित घटनाहरूलाई ओझेलमा पारेको आरोप लागेको छ ।

    कांग्रेस महामन्त्री प्रदीप पौडेलले प्रतिवेदन अपूर्ण रहेको टिप्पणी गरेका छन् भने मानव अधिकारकर्मीहरूले सेनाप्रति आयोग नरम देखिएको बताएका छन् ।

    आयोगले आन्दोलनका क्रममा ४७ जनाको गोली लागेर मृत्यु भएको र आगजनीमा थप १९ जनाले ज्यान गुमाएको उल्लेख गरेको छ ।

    मानव अधिकारकर्मी चरण प्रसाईंले प्रतिवेदनमा बालेन शाहको भूमिकासमेत उल्लेख नभएको भन्दै सरकारले थप अनुसन्धान गर्नुपर्ने बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images