images
images
  • रिपोर्ट कार्ड : यी हुन् ६० दिनमा सरकारले गरेका काम

    काठमाडौं– चैत १३ गते गठन भएको वालेन्द्र शाह नेतृत्वको रास्वपा सरकारले दुई महिना पूरा गरेको छ ।

    सरकार गठनसँगै सार्वजनिक गरिएको सय बुँदे कार्यसूचीअनुसार आजसम्म ५७ काम सम्पन्न भइसक्नुपर्ने थियो ।

    तर, सरकारले हालसम्म १५ वटा मात्रै काम पूरा गरेको छ भने ४२ वटा काम अझै प्रक्रियामै छन् ।

    सरकारले भ्रष्टाचार नियन्त्रण, सम्पत्ति छानबिन, सार्वजनिक जग्गा संरक्षण, डिजिटल सेवा विस्तार र मन्त्रालय पुनर्संरचनाजस्ता क्षेत्रमा केही प्रगति गरेको दाबी गरेको छ ।

    सम्पत्ति छानबिन आयोग गठन गर्दै पूर्वमन्त्री, उच्च कर्मचारी र राजनीतिक पदाधिकारीको सम्पत्ति अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।

    यस्तै, सार्वजनिक जग्गा अतिक्रमण हटाउने अभियान सञ्चालन गरिएको छ भने १५ सयभन्दा बढी राजनीतिक नियुक्ति खारेज गरिएको छ ।

    सट्टेबाजी एप तथा वेबसाइट बन्द गर्ने अभियानअन्तर्गत ६४ हजारभन्दा बढी वेबसाइट र २५ एप बन्द गरिएका छन् ।

    राहदानी र लाइसेन्स सेवामा डिजिटल ट्र्याकिङ सुरु गरिएको छ भने मन्त्रालय संख्या २२ बाट घटाएर १८ कायम गरिएको छ ।

    सहकारी पीडितलाई रकम फिर्ता गर्ने प्रक्रिया पनि सुरु भएको सरकारले जनाएको छ ।

    तर, धेरै महत्वाकांक्षी योजना अझै कार्यान्वयनमा आउन सकेका छैनन् ।

    जेन–जी आन्दोलन घटनाको छानबिन समिति गठन हुन बाँकी छ भने शिक्षा, स्वास्थ्य र महिला सुरक्षासम्बन्धी अधिकांश योजना प्रारम्भिक चरणमै छन् ।

    स्नातक भर्नामा नागरिकता नचाहिने व्यवस्था, पूर्ण डिजिटल सरकारी सेवा, विद्यालयमा दलीय हस्तक्षेप अन्त्य, निःशुल्क ब्लु बस सेवा र सार्वजनिक यातायातमा अनिवार्य सीसीटीभी जस्ता कार्यक्रम अझै कार्यान्वयन हुन सकेका छैनन् ।

    सरकारले प्रशासनिक गति बढाएको दाबी गरे पनि अधिकांश प्रतिबद्धता अझै कागजमै सीमित देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images