images
images
  • युक्रेन युद्धमा ५ लाख रूसी सैनिकको मृत्यु

    काठमाडौं– बेलायतको गुप्तचर एजेन्सी जीसीएचक्यूले युक्रेन युद्धमा २०२२ देखि हालसम्म करिब ५ लाख रूसी सैनिक मारिएको दाबी गरेको छ ।

    एजेन्सीकी निर्देशक एन किस्ट–बटलरले आफ्नो पहिलो सार्वजनिक भाषणमा यो तथ्यांक प्रस्तुत गर्दै रूसले युद्धका क्रममा ठूलो मानवीय क्षति व्यहोरेको बताइन् ।

    उनका अनुसार रुसले बेलायत र नेटो सदस्य राष्ट्रहरूविरुद्ध पछिल्ला वर्षहरूमा अघोषित ‘हाइब्रिड युद्ध’ समेत सञ्चालन गरिरहेको छ ।

    साथै, बेलायती भूमिमा भएका विभिन्न जासुसी गतिविधिमा रूसको संलग्नता रहेको आरोप पनि उनले लगाएकी छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images