images
images
  • हिमालयन रिइन्स्योरेन्स बेथिति प्रकरण : ५६ जना प्रतिवादीको बैंक खाता रोक्का

    काठमाडौं– हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबारमा भएको कथित इन्साइडर ट्रेडिङ र अनियमितता प्रकरणमा ५६ जना प्रतिवादीको बैंक खाता रोक्का गरिएको छ ।

    नेपाल प्रहरीको सीआईबीले प्रमुख प्रतिवादी व्यवसायी शेखर गोल्छासहित विभिन्न व्यवसायी, ब्रोकर र कम्पनी सञ्चालकहरूको खाता रोक्का गर्दै अनुसन्धान तीव्र बनाएको हो ।

    धितोपत्र बोर्ड र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको प्रतिवेदनका आधारमा गरिएको अनुसन्धानमा हिमालयन रिइन्स्योरेन्सको करिब २ अर्ब ७३ करोड रुपैयाँ विभिन्न कम्पनीको सेयर खरिदमा दुरुपयोग भएको आरोप छ ।

    प्रकरणमा शेखर गोल्छा, दीपक भट्ट, सुलभ अग्रवाल, शुभी अग्रवाल, सन्दीप चाचानलगायतलाई मुख्य आरोपी बनाइएको छ ।

    प्रहरीले यो प्रकरणलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरणसँग जोडेर अनुसन्धान गरिरहेको जनाएको छ ।

    सीआईबीका अनुसार थप बयान, डकुमेन्ट विश्लेषण र प्रमाण संकलन भइरहेको छ भने केही साताभित्र मुद्दा अदालतमा दायर गर्ने तयारी गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images