images
images
  • रास्वपा पृष्ठभूमिका सभामुखको भूमिकामाथि सांसदको प्रश्न

    काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालको व्यवहारप्रति विपक्षी सांसदहरूले प्रश्न उठाएका छन् ।

    प्रधानमन्त्री वालेन्द्र शाह लाई संसद्मा उपस्थित गराउन स्पष्ट रुलिङ नगरेको भन्दै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले बुधबार संसद् बैठक बहिष्कार गरेका हुन् ।

    बैठकमा राईले प्रधानमन्त्रीलाई जवाफदेही बनाउन सभामुखले रुलिङ गर्नुपर्ने माग गरेका थिए ।

    तर सभामुख अर्यालले सभामुखलाई रुलिङ सिकाउन नपर्ने जवाफ दिएपछि राई असन्तुष्ट हुँदै बैठक कक्षबाट बाहिरिएका थिए ।

    प्रधानमन्त्रीको निरन्तर अनुपस्थितिलाई लिएर विपक्षी सांसदहरूले संसद्मा दबाब बढाइरहेका छन् ।

    प्रतिनिधिसभा नियमावलीअनुसार प्रधानमन्त्री वा सम्बन्धित मन्त्रीले सात दिनभित्र जवाफ दिनुपर्ने व्यवस्था भए पनि त्यसको पालना नभएको भन्दै सांसदहरूले आपत्ति जनाएका छन् ।

    नेपाली कांग्रेस, एमाले, राप्रपा लगायत दलका सांसदहरूले पनि सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै प्रधानमन्त्री तत्काल संसद्मा आएर जवाफ दिनुपर्ने बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images