काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगले ‘जेनजी’ आन्दोलनका क्रममा संसद् भवन परिसरमा ४० हजार लिटर डिजेलजस्ता प्रज्वलनशील पदार्थ भण्डारण गरिएको खुलासा गरेको छ ।
आयोगले यस्तो अवस्थामा संसद् भवनको सुरक्षा गर्नु सुरक्षाफौजको दायित्व रहेको उल्लेख गरेको छ ।
आयोगको प्रतिवेदनअनुसार प्रदर्शनका क्रममा घुसपैठ भई संसद् परिसरमा तोडफोड तथा आगजनी भएको थियो ।
सुरक्षाकर्मीले जनधनको सुरक्षा र आत्मरक्षाका लागि अन्तिम विकल्पका रूपमा बल प्रयोग गर्नुपरेको जिकिर गरेका छन् ।
प्रतिवेदनमा संसद् परिसरमा खटिएका सुरक्षाकर्मीबीच तालमेल र सञ्चार समन्वयमा कमजोरी रहेको निष्कर्ष पनि निकालिएको छ ।
प्रतिक्रिया दिनुहोस्






















