काठमाडौं– अमेरिकाले तीन दिनभित्र दोस्रोपटक इरानमाथि आक्रमण गरेको छ ।
अमेरिकी सेनाले इरानको रणनीतिक बन्दरगाह सहर बन्दार अब्बासस्थित सैन्य क्षेत्रलाई निशाना बनाएको जनाएको छ ।
अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम)का अनुसार होर्मुज क्षेत्रमा खतरा उत्पन्न गरिरहेका चार इरानी ड्रोन खसालिएका छन् भने पाँचौँ ड्रोन प्रक्षेपणको तयारी भइरहेको स्थलमा आक्रमण गरिएको हो ।
यो आक्रमण अमेरिका–इरानबीच जारी कमजोर युद्धविराम र युद्ध अन्त्यका लागि भइरहेको वार्ताका बीच भएको हो ।
अमेरिकाले आफ्नो कदम आत्मरक्षाका लागि भएको दाबी गरेको छ भने इरानले यसलाई युद्धविरामको गम्भीर उल्लंघन भन्दै कडा विरोध जनाएको छ ।
इरानी सञ्चारमाध्यमहरूले बन्दार अब्बासतर्फ ठूला विस्फोट भएको बताएका छन् ।
यसअघि सोमबार पनि अमेरिकाले दक्षिण इरानमा आक्रमण गरेको थियो ।
यसबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान कमजोर अवस्थामा वार्तामा आएको टिप्पणी गर्दै आवश्यक परे पुनः ठुलो सैन्य कारबाही गर्न सकिने चेतावनी दिएका छन् ।
इरानले भने कुनै पनि आक्रमणको जवाफ दिने बताएको छ ।


विश्व खबर 




















