images
images
  • रक्षा बमसहित पाँच जनामाथि अनुसन्धान गर्न सिफारिस

    काठमाडौं – राष्ट्रिय मानव अधिकार आयोगले ‘जेनजी’ आन्दोलनका क्रममा सामाजिक सञ्जालमार्फत उत्तेजक अभिव्यक्ति दिएको भन्दै अभियन्ता रक्षा बमसहित पाँच जनामाथि अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको छ ।

    आयोगले रक्षा बम, अमनप्रताप अधिकारी, विवेक थपलिया, सिसन बानियाँ र असिममान बस्नेतमाथि सूक्ष्म छानबिन गर्नुपर्ने उल्लेख गरेको हो।

    आयोगका अनुसार २०८२ भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा उनीहरूले सामाजिक सञ्जालमा दिएका अभिव्यक्तिले प्रदर्शन अराजक बन्न सहयोग पुगेको आशंका गरिएको छ।

    त्यस्तै, राष्ट्रिय अनुसन्धान विभागले उनीहरू आन्दोलनमा सहभागी हुन सक्ने विषयमा त्यतिबेला सरकारलाई रिपोर्ट बुझाएको तथ्य पनि आयोगले उल्लेख गरेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images