images
images
  • ओली, लेखक र गुरुङमाथि पुनः कारबाहीको डन्डा, के हो आरोप ?

    काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पूर्वगृहमन्त्री रमेश लेखक र पूर्वसञ्चारमन्त्री पृथ्वीसुब्ब गुरुङलाई मानव अधिकार उल्लंघनकर्ता ठहर गर्दै कारबाही सिफारिस गरेको छ ।

    आयोग सदस्य लिली थापाको संयोजकत्वमा गठित समितिले भदौ २३ र २४ का घटनाबारे गरेको अनुसन्धानका आधारमा उनीहरूलाई मानव अधिकार उल्लंघनमा संलग्न ठहर गरिएको हो ।

    आयोगले प्रधानमन्त्री कार्यालयलाई कारबाहीका लागि सिफारिससमेत बुझाइसकेको छ ।

    संविधानको धारा २४९(२) (ग) अनुसार आयोगले मुद्दा चलाउन सिफारिस गरेको भए पनि हालको कानूनमा सजायको स्पष्ट व्यवस्था नभएकाले नयाँ कानून बनाएर कारबाही गर्न सरकारलाई सुझाव दिएको छ ।

    आयोगले बढीमा ६ महिना कैद, ३ लाख रुपैयाँसम्म जरिवाना, राजनीतिक नियुक्ति तथा निर्वाचनमा ५ वर्ष रोक, प्रशासनिक जिम्मेवारी र विदेश भ्रमणमा प्रतिबन्धजस्ता व्यवस्था गर्न सिफारिस गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images