images
images
  • नेपालमा क्युआर र मोबाइल बैंकिङ कारोबार ह्वात्तै बढ्यो

    काठमाडाैं – नेपालमा डिजिटल भुक्तानी प्रणालीप्रति सर्वसाधारणको आकर्षण बढ्दै गएको छ। आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार फागुनसम्म क्युआर–आधारित कारोबार १ खर्ब २५ अर्ब रुपैयाँ पुगेको छ भने मोबाइल बैंकिङ कारोबार ५ करोड ४० लाख नाघेको छ।

    बैंक तथा वित्तीय संस्थाले डिजिटल पूर्वाधार विस्तार गर्दै लैजाँदा नगद र कार्डको प्रयोग घटेर मोबाइल तथा क्युआरमार्फत भुक्तानी गर्ने प्रवृत्ति बढेको देखिएको हो।

    यता एटिएम, डेबिट कार्ड, पिओएस तथा बैंक–टु–बैंक प्रणाली (आरटिजिएस र आइपिएस) कारोबारमा भने गिरावट आएको छ। एटिएम कारोबार १ करोड १० लाखबाट घटेर ९३ लाखमा झरेको छ भने डेबिट कार्ड कारोबार १ करोड १९ लाखबाट घटेर ९८ लाखमा सीमित भएको छ। पिओएस कारोबार पनि ११ लाखभन्दा बढीबाट घटेर ६ लाख ७९ हजारमा पुगेको छ।

    यसले दैनिक उपभोगका भुक्तानीहरू तीव्र रूपमा डिजिटल माध्यमतर्फ सर्दै गएको संकेत गरेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images