images
images
  • सुशीला–बालेनले सत्ता सम्हालेयता वैदेशिक रोजगारीमा गएका १ हजार ८६ नेपाली कामदारको मृत्यु

    काठमाडौं– चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो आठ महिनामा वैदेशिक रोजगारीका क्रममा एक हजार ८६ नेपाली कामदारको मृत्यु भएको छ ।

    अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार मृतकका परिवारले क्षतिपूर्तिबापत ६३ करोड २२ लाख रुपैयाँ प्राप्त गरेका छन् ।

    सोही अवधिमा ६०१ जना अंगभंग तथा बिरामी कामदारले आर्थिक सहायता पाएका छन् भने मृतक श्रमिकका तीन हजार ४८७ सन्ततिले छात्रवृत्ति सुविधा लिएका छन् ।

    गत आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक रोजगारीका क्रममा एक हजार ५८३ नेपालीको मृत्यु भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images