images
images
  • सुशासनको धज्जी उडाउँदै रास्वपा ५ सांसदले बुझाएनन् सम्पत्ति विवरण

    काठमाडौं– प्रतिनिधिसभाका ६ जना सांसदले तोकिएको समयभित्र सम्पत्ति विवरण नबुझाएको पाइएको छ ।

    संघीय संसद् सचिवालयले जेठ १० गतेसम्म सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको थियो ।

    सम्पत्ति विवरण नबुझाउनेमध्ये ५ जना रास्वपाका सांसद रहेका छन् भने १ जना नेकपा कासांसद हुन् ।

    सम्पत्ति विवरण नबुझाउने सांसदहरूमा आशा झा, कोमल ज्ञवाली, तपेश्वर यादव, प्रमोद कुमार महतो र रबिन महतो रहेका छन् ।

    नेकपाका सांसद धनबहादुर बुढाले भने म्याद थपका लागि निवेदन दिएका छन् ।

    कानुनअनुसार समयमै सम्पत्ति विवरण नबुझाउनेलाई १० हजार रुपैयाँ जरिबाना हुन सक्छ ।

    साथै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ति आर्जनको आशंकामा छानबिन गर्न सक्ने व्यवस्था पनि छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images