images
images
  • मुलुक कठिन अवस्थामा पुग्यो : चित्रबहादुर केसी

    काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मुलुक कठिन अवस्थामा पुगेको बताएका छन् ।

    आइतबार पश्चिम नवलपरासीको सुनवलमा संविधान संशोधनको सन्दर्भमा गणतन्त्र र राष्ट्रियता विषयक कार्यक्रममा केसीले नेपालमा आफूअनुकूलको राजनीतिक शक्ति हाबी गराउन पश्चिमा देश लागिपरेको आरोप लगाएका हुन् ।

    केसीले संविधान संशोधन गर्दा विदेशी हस्तक्षेपबाट मुक्त गराउन देशभरबाट सरकारलाई खबरदारी गर्नुपर्ने बताए ।

    कार्यक्रममा सहभागी विभिन्न राजनीतिक दलका प्रतिनिधि, नागरिक अगुवाले हतारमा भन्दा पनि दीर्घकालीन रूपमा देश विकास र राजनीतिक निकास हुने गरेर संविधान संशोधनको एजेन्डा तय गर्नुपर्ने जोड दिएका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images