images
images
  • सुदूरपश्चिममा सत्तारूढ नेकपाका नेताहरूले नै मुख्यमन्त्री हटाउन चलखेल गरेपछि धनगढी आउँदै प्रचण्ड–माधव

    सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशमा बजेट विवाद चर्किएपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भित्रै मुख्यमन्त्री खगराज भट्टलाई हटाउने कसरत सुरु भएको छ । विवाद समाधान गर्न पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाल सोमबार धनगढी आउने भएका छन् ।

    तीन महिनाको बजेट शून्यतापछि प्रदेश सरकारले असोज २५ गते बजेट प्रस्तुत गरेको थियो । बजेट निर्माणमा अनियमितता र त्रुटि भएको भन्दै सत्तारूढ दलकै सांसदहरूले असन्तुष्टि जनाएपछि विवाद उत्पन्न भएको थियो ।

    विवाद समाधानका लागि संसदीय समिति गठन गरी २० कात्तिकभित्र प्रतिवेदन तयार गर्ने र मंसिर १ गतेभित्र पूरक बजेट ल्याउने सहमति भए पनि कार्यान्वयन हुन सकेको छैन ।

    सहमति कार्यान्वयन नभएपछि असन्तुष्ट सांसदहरूले मुख्यमन्त्री भट्टको राजीनामा माग्दै उनलाई दल नेता र मुख्यमन्त्री दुवै पदबाट हटाउने तयारी गरेका छन् । हस्ताक्षर अभियानसमेत चलाइएको चर्चा भए पनि पार्टी नेतृत्वले विवाद मिलाउने आश्वासन दिएपछि केही दिनका लागि अभियान स्थगित गरिएको छ ।

    बजेट विवादका कारण नेकपाको संगठनात्मक गतिविधि पनि प्रभावित भएको छ । मंसिर १० गतेदेखि सुरु गर्ने तयारी गरिएको राष्ट्रिय जागरण अभियान सुदूरपश्चिममा अझै सुरु हुन सकेको छैन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images