काठमाडौं- सुदूरपश्चिम प्रदेशको १६ मध्ये ४ वटा निर्वाचन क्षेत्रमा मतगणना जारी छ।
कञ्चनपुरका तीन वटै निर्वाचन क्षेत्रमा मतगणना कार्य जारी छ, भने कैलाली-१ मा पनि मत गणना जारी छ।
मतगणना भएका चार निर्वाचन क्षेत्र मध्ये कञ्चनपुरमा रास्वपाले अग्रता लिएको छ। अन्य १२ वटा निर्वाचन क्षेत्रमा भने मतगणना सुरु भएको छैन।
प्रदेशका ७ पहाडी जिल्लाका ८ वटा निर्वाचन क्षेत्रमा र तराईको जिल्ला कैलालीका चार वटा निर्वाचन क्षेत्रमा मतगणनाको तयारी हुँदैछ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















