images
images
  • इरानले खसाल्यो होर्मुजमाथि उडान भरेको जासुसी ड्रोन

    काठमाडौं– इरानी सेनाले होर्मुज जलमार्ग र फारसको खाडी क्षेत्रमा उडिरहेको एक जासुसी ड्रोन खसालेको दाबी गरेको छ । बीबीसी फारसीका अनुसार इरानको तस्निम समाचार एजेन्सीले सेनाको जनसम्पर्क विभागलाई उद्धृत गर्दै स्वदेशमै विकसित हवाई रक्षा प्रणालीमार्फत ड्रोन पहिचान गरी नष्ट गरिएको जनाएको छ ।

    तर, खसालिएको ड्रोनको प्रकार र घटनाको समयबारे इरानले खुलाएको छैन । यसअघि पनि इरानले होर्मुज जलमार्ग आसपास अमेरिकी ड्रोन खसालेको दाबी गर्दै आएको थियो ।

    शुक्रबार पनि इरानले सिस्तान र बलुचिस्तान प्रान्तमा एक ‘शत्रु’ ड्रोनलाई रोकेर सुरक्षित रूपमा खसालेको जनाएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images