images
images
  • काभा महिला भलिबलमा इरानको लगातार दोस्रो जित

    काठमाडौं । साबिक विजेता इरानले सेन्ट्रल एसिया भलिबल एसोसिएसन (काभा) महिला भलिबल च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ ।

    आइतबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा सम्पन्न खेलमा इरानले श्रीलंकालाई ३–० को सोझो सेटमा पराजित गर्‍यो ।

    इरानले खेल २५–१६, २५–१३, २५–११ ले एकपक्षीय रूपमा आफ्नो पक्षमा पारेको हो । जितसँगै दुई खेलमा ६ अंक जोडेको इरानले समूहञबीझबाट सेमिफाइनल सम्भावना लगभग पक्का गरेको छ । लगातार दोस्रो हार व्यहोरेको श्रीलंका भने अंकविहीन छ ।

    पहिलो खेलमा इरानले बंगलादेशलाई ३-० को सोझो सेटमा हराएको थियो । श्रीलंका काजकिस्तानसँग ३-० कै सोझो सेटमा पराजित भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images