काठमाडौं– चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो दश महिनामा नेपालले करिब १९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ ।
साउनदेखि वैशाखसम्मको अवधिमा कुल व्यापार १९ खर्ब ४१ अर्ब ६० करोड रुपैयाँ पुगेको भन्सार विभागले जनाएको छ ।
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो व्यापार १४.९२ प्रतिशतले वृद्धि भएको हो ।
अघिल्लो वर्ष सोही अवधिमा १६ खर्ब ९२ अर्ब ९ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो ।
यस अवधिमा व्यापार घाटा भने १४ खर्ब ४३ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ ।
गत वर्ष सोही अवधिमा व्यापार घाटा १२ खर्ब ५६ अर्ब २७ करोड रुपैयाँ थियो ।
आयाततर्फ, दश महिनामा १६ खर्ब ९२ अर्ब ६४ करोड रुपैयाँ बराबरका वस्तु भित्रिएका छन्, जुन गत वर्षको तुलनामा १४.८२ प्रतिशतले बढी हो ।
अघिल्लो वर्ष सोही अवधिमा १४ खर्ब ७४ अर्ब १८ करोड रुपैयाँ बराबरको आयात भएको थियो ।
त्यस्तै, निर्यात पनि बढेको छ ।
चालू आवको वैशाखसम्म २ खर्ब ४८ अर्ब ९६ करोड रुपैयाँ बराबरका वस्तु तथा सेवा निर्यात भएको छ, जुन अघिल्लो वर्षको तुलनामा १४.२५ प्रतिशतले बढी हो ।
गत वर्ष सोही अवधिमा २ खर्ब १७ अर्ब ९१ करोड रुपैयाँ बराबरको निर्यात भएको थियो ।


विश्व खबर 




















