images
images
  • तरलता व्यवस्थापनका लागि १ खर्ब रकम उठाउँदै राष्ट्र बैंक

    काठमाडौं– नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि आज रु एक खर्ब बराबरको रकम उठाउन लागेको छ ।

    केन्द्रीय बैंकले सूचनामार्फत कूल ६१ दिनका लागि निक्षेप सङ्कलन उपकरणको बोलकबोल गर्न लागिएको जनाएको छ ।

    आज अपराह्न ३ः०० बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत रकम बोलकबोल हुनेछ ।

    उक्त रकमको साँवा तथा ब्याज भुक्तानी भने आगामी साउन ६ गते हुनेछ ।

    घटीमा रु १० करोड र बढीमा रु पाँच करोडले भाग गर्दा निःशेष भाग जाने गरी कूल आह्वान रकमसम्म आवेदन दिन सकिनेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images