images
images
  • टि–२० महिला क्रिकेट : मलेसियाले नेपाललाई दियो ८३ रनको लक्ष्य

    काठमाडौं– मलेसियाले नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीलाई दोस्रो अन्तरराष्ट्रिय टि–ट्वान्टी खेलमा जितका लागि ८३ रनको सामान्य लक्ष्य दिएको छ ।

    मलेसियाको बायुमास ओभल क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ८२ रनको योगफल बनाएको हो ।

    मलेसियाका लागि ऐना हमिजाले सर्वाधिक १७ रनको योगदान दिइन् ।

    उनले ३० बलमा एक चौकाको सहायताले १७ रन बनाएकी हुन् ।

    त्यस्तै धनुश्री मुहुनानले १५ रन जोडिन भने अरिनान नातास्याले १३ रन बनाइन ।

    त्यसबाहेक मलेसियाका अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

    बलिङतर्फ नेपालकी कविता कुँवर, रुविना क्षेत्री र रिया शर्माले समान दुईरदुई विकेट लिए भने पूजा महतो र सीता रानामगरले समान एकएक विकेट लिइन् ।

    नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images