images
images
  • सुन–चाँदीको मूल्यमा भारी वृद्धि (मूल्यसहित)

    काठमाडौं– नेपाली बजारमा बिहीबार (जेठ ७) सुनको मूल्य बढेको छ ।

    सुनको मूल्य तोलामा एक हजार ८०० रुपैयाँले बढेको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जनाएको छ ।

    यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ९३ हजार ८०० रुपैयाँ कायम छ ।

    बुधबार (जेठ ६) छापावाल सुन प्रतितोला दुई लाख ९२ हजार रुपैयाँमा किनबेच भएको थियो ।

    चाँदीको मूल्य पनि तोलामा ९० रुपैयाँले बढेको छ ।

    चाँदी प्रतितोला पाँच हजार ५० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ ।

    बुधबार चाँदी प्रतितोला चार हजार ९६० रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images