काठमाडौं– नेपाल टेलिकमले कम्पनीको प्रवक्ताको जिम्मेवारी प्रबन्धक कमल लामिछाने लामिछानेलाई दिएको छ ।
कम्पनीको केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत लामिछानेलाई प्रवक्ताको जिम्मेवारी तोकिएको जानकारी नेपाल टेलिकमले आमसञ्चारकर्मीहरूलाई गराएको हो ।
टेलिकमका अनुसार प्रवक्ता लामिछानेको कार्यालय सम्पर्क नम्बर ०१–४२१०२०४ रहेको छ भने मोबाइल नम्बर ९८५१३७१४१५ रहेको छ ।
यस्तै, इमेलमार्फत सम्पर्क गर्न [email protected] प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्




















